साउनदेखि फर्म रजिष्ट्रेसन, एप्लिकेसन र ‘पेमेन्ट’ अनलाइनबाट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ११, बिहीबार,०३:३३:PM  
साउनदेखि फर्म रजिष्ट्रेसन, एप्लिकेसन  र ‘पेमेन्ट’ अनलाइनबाट

काठमाडौं । साउनदेखि व्यवसाय तथा फर्म दर्ता, नविकरणको पेमेन्ट र एप्लिकेसन अनलाईनबाटै सुरु हुने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट हुने सेवालाइ अनलाइनमार्फत सुरु गर्ने भएको हो ।

अनलाईन सेवा सुरु गर्न यसअघि नै अर्थ मन्त्रालयले स्वीकृती पाइसकेकाले साउन १ गतेदेखि फर्म दर्ता, पेमेन्ट र एप्लिकेसन लगायतका अन्य कुराहरू अनलाइनबाटै हुने गरी सेवा  दिन लागिएकाे विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । 

अहिले विभिन्न व्यवसाय/फर्म तथा कम्पनीहरु दर्ता र नवीकरणका लागि विभाग परिशरमा पुगेर घण्टौं लाइन बस्नुपर्ने हुन्छ । याे सेवा सुरू भएपछि अनलाइनबाटै दर्ता र नवीकरण गर्न सकिने छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top