सामाजिक दूरी कायम गरी लकडाउनपछि यसरी गर्नेछ बुद्ध एयरले उडान(फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार ११, बिहीबार,०४:२१:PM  
सामाजिक दूरी कायम गरी लकडाउनपछि यसरी गर्नेछ बुद्ध एयरले उडान(फाेटाेफिचर)

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै बन्द भएको आन्तरिक उडान खुलाउने तयारी भइरहेको छ । सरकारले आन्तरिक उडानलाई खुलाउने तयारी गरिरहेको बेला बुद्ध एयरले भने सामाजिक दूरी कायम गरेर कसरी उडान गर्ने भन्ने पूर्व अभ्यास गरेको छ ।

बुद्ध एयरले बनाएको यात्रु सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको निर्देशिका अनुसार यात्रुहरुलाई उडान गर्ने पूर्व अभ्यास बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको छ ।

अभ्यास गर्दा विमानस्थल प्रवेश गरेसँगै यात्रुहरुले आफू संक्रमणबाट जोगिनका लागि अपनाउनु पर्ने उपायहरुसँगै सुरक्षित यात्राका लागि अभ्यास परिक्षण गरिएको थियो । 
जसमा, सर्वप्रथम यात्रुले कुनै पनि रोगको वा सिजनल फ्लुको लक्षण नभएको फाराम भर्नु पर्ने हुन्छ ।

त्यससँगै सामाजिक दुरीको कायम गरि विमानभित्र फेस सिल्डको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने हुन्छ । त्यस्तै विमानको अन्तिम चार सिट भने खालि राखिएको छ, यदि यात्राको समयमा कोहि यात्रुलाई संकात्मक लक्षण देखिएमा त्यहि सिटमा राखिने छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर वस्नेतले सरकारले प्रोटोकल ल्याउनु अघि नै आफै प्रोटोकल बनाएर आफूहरुले काम गरेको भएपनि अहिले सरकारले ल्याएपछि अभ्यास सुरु गरिएको बताए ।

अभ्यासमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, बुद्ध एयरकै कर्मचारी, सञ्चारकर्मीहरुलाई सहभागी गराइएको थियो ।

हेर्नुस फाेटाेहरूः
 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top