भाडा तिर्न नसकेपछि ठमेल क्षेत्रका ट्राभल, ट्रेकिङ एजेन्सीले अफिस खाली गर्दै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १४, आइतबार ,०५:३१:PM  
भाडा तिर्न नसकेपछि ठमेल क्षेत्रका ट्राभल, ट्रेकिङ एजेन्सीले अफिस खाली गर्दै

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को प्रभावले तीन महिना भन्दा बढी समय बन्द भएको ट्राभल, ट्रेकिङ क्षेत्रका कार्यालयहरु भाडा तिर्न नसकेकै कारण धमाधम खाली हुन थालेको छ । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईले भाडा तिर्न समस्या भएपछि ठमेल क्षेत्रका कार्यालयहरु खाली गराउन व्यवसायीहरु लागि परेको बताए ।

ठमेल क्षेत्रमा भाडा महंगो भएकोले पनि पहिलो चरणमा त्यस क्षेत्रमा भएका व्यवसायीहरुले सटर खाली गराउन लागेको बताउदै विस्तारै नागपोखरी लगाएत अन्य एरियाका व्यवसायीहरुले पनि अफिस खाली गराउन लागेको उनको भनाई छ ।

भाइरसको संक्रमण कम हुदै जानुपर्नेमा धमाधम बढीरहेको र सामान्य अवस्था आउन केहि समय लाग्ने भएकोले व्यवसायीहरु बाध्य भएर अफिस खाली गराउन लागेको उनले बताए ।

ऋण लिएर अफिसको भाडा, कर्मचारीलाई तलब र बैंकको किस्ता तिर्न व्यवसायीहरुलाई धेरै नै समस्या भएकोले घर छोड्ने निधोमा व्यवसायीहरु पुगेको अध्यक्ष गुरागाईको भनाई छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top