कोरोना कहरका बीचमा पनि खुमलटारमा धान रोपाइँ (फाेटाेफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०१:०८:PM  
कोरोना कहरका बीचमा पनि खुमलटारमा धान रोपाइँ (फाेटाेफिचर)

काठमाडौं । कोरोना भाइरस महामारीकै बिचमा पनि खुमलटारमा धान रोपाइँ गरिएको छ । पहिलो पटक कृषि विभाग र राष्ट्रिय अनुसन्धान परिषद(नार्क)को सहआयोजनामा धान रोपाइँ महोत्सव गरिएको हो । धान रोपाइँमा हिलो छ्याप्ने काम भने भएन् ।

मास्क र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गरेर सरकारी कर्मचारी, विज्ञ तथा पत्रकारहरु रोपाइँ दिवशमा सहभागी थिए ।  सत्रौं राष्ट्रिय धान दिवशको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ रहेको छ । 

वि.सं २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवका रुपमा मनाउन थालिएको हो । त्यसअनुसार, आज १७ औं राष्ट्रिय धान दिवशका अवसरमा देशभर रोपाइँका कार्यक्रम भए । तर, भव्य रुपमा भने रोपाइँ कार्यक्रम नमनाइएको सरकारले जनाएको छ ।

कृषिमन्त्री घनश्याम भुसाल उदयपुरको बेलका नगरपालिकामा चक्लाबन्दी खेती सुरु गर्ने कार्यक्रमसहित धान रोपाइँमा सहभागी हुँदैछन् । त्रियुगा नगरपालिकाका विभिन्न कृषिका संघसंस्था तथा निकायले आयोजना गर्ने रोपाईं महोत्सवमा मन्त्री भुसाल सहभागी हुने कार्यक्रम छ ।

धान नेपालको प्रमुख खाद्यवाली हो । देशको कुल ग्रार्हस्थ उत्पादन(जीडीपी) मा धानको महत्वपूर्ण योगदान रहन्छ । धान बढी फलेको वर्ष जीडीपी  प्रतिशत वृद्धि हुन्छ । धान उत्पादनमा वृद्धि गर्ने लक्ष्यका रुपमा धान दिवश मनाउँछौं । हाम्रो कृषि प्रणाली वैज्ञानिक ढंगको छैन् । समयमै मल, बीउ किसानले पाउन सक्दैन । माटो परीक्षण, बीउ छनोट र मनसुनी वर्षाको भर पर्नुपर्ने बाध्यता छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top