प्रधानमन्त्री ओलीले भने,‘निजी क्षेत्रमा अख्तियारको नियमन हुँदैन’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०३:०३:PM  
प्रधानमन्त्री ओलीले भने,‘निजी क्षेत्रमा अख्तियारको नियमन हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाइ अख्तियारले नियमन नगर्ने स्पष्ट पारेका छन् ।  नेपाल उद्योग परिसंघ (सीएनआई)को वाषिर्क साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन ।

निजी क्षेत्रको चर्को विरोधका बीच राष्ट्रिय सभाको कार्यसूचीबाट अख्तियार विद्येयक हटाइएको बेला प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताएका हुन् ।

उनले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पारे । निजी क्षेत्रको नियमन गर्न थुप्रै निकाय भएकाले यसमा सरकारले पुनर्विचार गर्ने उनले बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top