निगमको सञ्चालक समितिले पूर्णता पायो,शेर्पा र पौडेल नयाँ सदस्य

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०५:५८:PM  
निगमको सञ्चालक समितिले पूर्णता पायो,शेर्पा र पौडेल नयाँ सदस्य

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिले पूर्णता पाएको छ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमको बोर्ड सदस्यमा डिमप्रकाश पौडेल र फुर्वाग्यालजेन शेर्पालाई नियुक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले दुई जनालाई बोर्ड सञ्चालक समितिमा नियुक्त गरेको पुष्टि गरे । निगममा करिब १ वर्ष अघिबाट सञ्चालक समितिमा दुई जना सदस्यहरुको पद खाली रहेको थियो । 

नवनियुक्त सदस्यहरु मध्ये शेर्पा अल्टिच्यूड एयरका अध्यक्ष हुन भने पौडेल व्यवस्थापन विज्ञ हुन् । पौडेललाई यसअघि मन्त्री भट्टराईले ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’मा समेत राखेका थिए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top