सेतीनदी जलविद्युतमा ५ बैंकले ३५० करोड लगानी गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०८:४०:PM  
सेतीनदी जलविद्युतमा ५ बैंकले ३५० करोड लगानी गर्ने

काठमाडौं । निजी लगानीमा निर्माण हुन लागेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनामा बैंकहरुले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।

एनएमबी बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी हुन लागेको हो । ऋण लगानीको विषयमा सोमबार आयोजना र एनएमबी बैंकबीच टर्मसिटमा हस्ताक्षर भएको छ ।

आगामी २ महिनाभित्र ऋण लगानी सम्झौता हुने भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले बताए । आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ ।

हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले पनि स्वपुँजी लगानी गर्ने उनले जानकारी दिए ।

 ठुला कर्पोरेट हाउसले पनि लगानी गर्ने प्रतिवद्धता जनाएका छन । यस्तै कम्पनीले सोमबार नै विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । 

काम सुरु भएको २७ महिनामा आयोजना सम्पन्न हुने छ । हाल आयोजनाको काम भइरहेको छ । हेडवक्र्सको ८० प्रतिशत काम सुरु भएको पोखरेलले जानकारी दिए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top