भारतले टिकटकलगायत ५९ चिनियाँ एप्स प्रयोगमा लगायो प्रतिवन्ध

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,१०:०८:PM  
भारतले टिकटकलगायत ५९ चिनियाँ एप्स प्रयोगमा लगायो प्रतिवन्ध

एजेन्सी । सीमा विवाद बढेपछि भारतले चीनमा निर्मित टिकटकलगायत ५९ ओटा मोवाइल एप्समाथि प्रतिवन्ध लगाएको छ ।

सोमबार भारतले टिकटक, सेरिट, वीच्याट, क्वी, क्यास अफ किङ, ब्राउजर, भाइरस क्लिनर, मेल, विबोलगायत ५९ मोवाइल एप्सहरु प्रयोगमा प्रतिवन्ध लगाएको जानकारी गराएको छ । जुन एप्सहरु चीनले बनाएको हो ।मन्त्रालयले सबै मोवाइलसेट उत्पादक कम्पनीहरुलाई यी एप्स नराख्न निर्देशन दिएको छ ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयले चिनियाँ एप्स मोवाइलमा चलाउन प्रतिवन्ध लगाएको दी हिन्दुस्तान टाइम्सले जनाएको छ । लद्धाखको ग्वालन उपत्यकामा दुई देशका सेनाबीच विवाद हुँदा कर्णेलसहित २० जना भारतीय सैनिक मारिएका छन ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top