सिटिजन्स बैंक र सहयोगी विकासले २० गतेदेखि एकिकृत कारोबार गर्ने, चुक्तापुँजी ९०८ करोड पुग्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,१०:५४:AM  
सिटिजन्स बैंक र सहयोगी विकासले २० गतेदेखि एकिकृत कारोबार गर्ने, चुक्तापुँजी ९०८ करोड पुग्यो

काठमाडौं। सिटिजन्स बैंकले जनकपुरमा रहेको सहयोगी विकास बैंकलाई प्राप्ति (एक्वायर) गरी असार २० गतेदेखि एकीकृत बैंकिङ कारोबार सुरु गर्ने भएको छ। 

बैकको हालै सम्पन्न बिशेष साधारणसभा सहयोगी विकासलाई प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाले एकिकृत कारोबार सुरु गर्न लागेको हो ।

बैंकको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १००ः ९१.७५ कित्ता भएको छ। प्राप्तिपछि सिटिजन्स बैंकको निक्षेप ८७ अर्ब ५० करोड र ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यस्तै चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको सिटिजन्सले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top