बागमती प्रदेश सरकारले पनि सलह संकलन गरेर ल्याउनेलाइ प्रतिकिलो ३० रुपैयाँ दिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,१२:३५:PM  
बागमती प्रदेश सरकारले पनि सलह संकलन गरेर ल्याउनेलाइ प्रतिकिलो ३० रुपैयाँ दिने

काठमाडौं । बागमती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि सलक किसार संकलन गरेर ल्याउनेलाइ प्रतिकिलो ३० रुपैँया दिने भएको छ । सलक किरा नियन्त्रण गर्नका लागि प्रदेश सरकारले सलहलाइ संकलन गर्ने व्यक्ति, समुह, संस्था वा निजी क्षेत्रलाइ ३० रुपैयाँ प्रतिकिलोको दरले रकम दिने कार्यविधि तयार गरेको हो ।  

गत जेठ १४ गते बसेको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि ज्यूको अध्यक्षतामा  विज्ञहरु, सरोकारवाला निकायसँगको वृहत्त छलफलबाट सलह किरा फैलावट नियन्त्रण, क्षति आकलन तथा व्यवस्थापन सम्बन्धी ३ वटा समिति गठन गर्ने गरिएको हो ।

एक्सन र कार्यान्वयन समिति स्थानीय तह र जिल्ला स्थित समिति रहने व्यवस्था छ । स्थानिय तहमा गाँउपालिका र नगरपालिकाको कृषि विकास शाखा प्रमुखको संयोजकत्वमा ४ सदस्य समिति गठन हुनेछ ।

स्थानिय तहमा गठन समितिले स्थानिय तहमा भएको सलह किराको फैलावट, क्षतिको आकलन गर्ने, स्थानिय स्तरमा सचेतना फैलाउने,ठूला आवाज निकाल्ने, थाल, टिन, ड्रम ठटाउने, ठूला आवाजमा स्पिकर बजाउने, धुवाउने,  नर्सरी ब्याडलाई जालीले ढाक्ने, हातले संकलन गर्ने र नष्ट गर्ने, लामो डोरी समाती हल्लाएर धपाउने आदी को प्रसारमा आवश्यक कार्य गरिने बागमति प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव योगेन्द्रकुमार कार्कीले बताए । 

सिफारिश प्रविधि(ठूला आवाज निकाल्ने,थाल, टिन, ड्रम ठटाउने, ठूला आवाजमा स्पिकर बजाउने), धुवाउने,  नर्सरी ब्याडलाई जालीले ढाक्ने, हातले संकलन गर्ने र नष्ट गर्ने, लामो डोरी समाती हल्लाएर धपाउने आदी प्रसारका लागि स्थानिय स्तरमा गठन गरिएको समितिलाई निर्देशन दिइएको कार्कीले बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top