काठमाडौं । हमालय एयरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता भएको छ । हिमालय एयरलाइन्सका यात्रालाई मजबुत बनाउन स्मार्ट सिल्क रोड सिर्जना गर्ने उद्धेश्यसहित चिँनिया बहुराष्ट्रिय प्रविधि कम्पनी बीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार, सूचना र संचार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एयरलाइन्सलाई अझ सक्षम बनाउने शिलशिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।
हिमालय एयरलाइन्सलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्तगर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिकहवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा भर्चुअल माध्यम मार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्गपिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशियाप्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एयरलाइन्सका अध्यक्ष झोउइन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुखकार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरेका छन् ।
हिमालय एयरलाइन्सका अध्यक्षश्री झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गतिदिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे ।
आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसीटी प्रविधिहरु (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्नेछ ।यसमा विद्यमान आइसीटी प्रविधि उपकरणहरुको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको विक्रि तथा वित्त प्रणालीका लागि क्लाउड प्लाटफर्मको निर्माण गर्ने लगायतका कार्यहरु पर्नेछन् ।