‘विज्ञप्ती निकालेर मात्रै सलह भाग्दैन, ‘एक्सन’मा जानुपर्यो’– डा. डिल्लीराम शर्मा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०३:३४:PM  
‘विज्ञप्ती निकालेर मात्रै सलह भाग्दैन, ‘एक्सन’मा जानुपर्यो’– डा. डिल्लीराम शर्मा

काठमाडौं । कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले सलहको बारेमा विज्ञप्ती निकालेर चुप लागेर बसेर मात्र कोरोना नभाग्ने बताएका छन् । बारा र पर्सा हुँदै भित्रिएको सलह र पछिल्लो कपिलवस्तुबाट ठूलो झुण्डमा भित्रिएको सलहले ठूलो क्षति पु¥याउन सक्ने जोखिम बढेकाले सरकार चुप लागेर बस्न नहुने उनी बताउँछन् ।

उनले फिल्डमै पुगेर ‘एक्सनली’ लाग्नुपर्ने बताउँछन् । अबको ३÷४ दिन पनि यसरी नै चुप लागेर बसेमा अहिले भित्रिएको सलह र फेरी भित्रिन सक्ने सम्भावना रहेको सलह नियन्त्रण बाहिर हुन सक्ने उनी बताउँछन ।

‘सरकारले सलह नियन्त्रणको सानो ‘प्लान’ त बनायो । त्यो प्लान कागजमै बनाएर कागजमै थन्क्यायो’ उनले भने, ‘कुन कुन क्षेत्रमा कसरी नियन्त्रण गर्ने, नियन्त्रणका विधि र बिषादी लगायतको स्टक कहाँ कहाँ राख्नुपर्ने । कहीँ पनि राखेन् । एक्सन पनि भएन् । कागजमा विज्ञप्ती निकाले त्यो एक्सन होइन् । विज्ञप्तीले सलह भाग्दैन ।’ 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top