आईएफसीले एनएमबी बैंकलाई दियो ३ अर्ब ऋण, एसएमई र हरित आयोजनामा लगानी हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार,०३:५९:PM  
 आईएफसीले एनएमबी बैंकलाई दियो ३ अर्ब ऋण, एसएमई र हरित आयोजनामा लगानी हुने 

काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले एनएमबी बैंकलाई झण्डै ३ अर्ब रुपैयाँ अर्थात २ करोड ५० डलर ऋण दिने भएको छ । आईएफसी र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

यो रकम हरित आयोजना र साना तथा मध्यम व्यवसाय प्रवद्र्धनमा लगानी हुने भएको छ । आगामी सन २०२५ मा एनएमबीको एसएमई पोर्टफोलियो १ अर्ब डलर पुग्ने आईएफसीले जानकारी दिएको छ । यसबाट आगामी ५ वर्षमा थप ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा आईएफसीको छ ।

साना तथा मझौला व्यवसाय नेपालको आर्थिक वृद्धिको मुख्य इन्जिन भएको र जसले कुल ग्रास्र्थ उत्पादन (जीडीपी) मा २० प्रतिशत र रोजगथारीमा ६० प्रतिशत योगदान गरेको छ । यसबाट एनएमबीबाट साना मझौंला व्यवसायमा दोब्बर कर्जा लगानी बढन गई ठुलो संख्यामा रोजगारी सिर्जना हुने  आईएफसीले जानकारी दिएको छ । 

एनएमबी बैंकले जलविद्युत, कृषि, लघुवित्त, पूर्वाधार उद्योग, पर्यटन र साना तथा मझौला उद्योगमा लगानी गरेर अर्थतन्त्रलाई गति दिइरहेको छ । आईएफसीसंगको ऋण सम्झौताले हरित परियोजना र साना तथा मझौला उद्योगमा कर्जा लगानी विस्तार हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top