काठमाडौं । कर्मचारी संचय कोषले सेयरमा लगानी बढाएको छ । सञ्चय कोषले बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत गरी दुई दर्जन कम्पनीहरु २२ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ ।
कोषले गरेको कुल लगानीको ६.६९ प्रतिशत हो । दुई वर्षअघि कोषले सेयरमा ७ अर्ब रुपैयाँ हारहारीमा लगानी गरेको थियो । पछिल्लो समयमा सेयरमा लगानी बढेको कोषले जानकारी दिएको छ ।
कम्पनीको वित्तीय अवस्था र प्रतिफल हेरेर कोषले सेयरमा लगानी गर्दै आएको छ । कोषले बैंक अफ काठमाण्डु, सिभिल बैंक, सेञ्चुरी कमर्शियल बैंक, देव विकास बैंक, हिमालयन बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, नेपाल एसबीआई बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बैंक, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक (प्रमोटर) सेयरमा लगानी गरेको छ ।
यस्तै महालक्ष्मीको साधारण सेयर, एनएमबी बैंक, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, सिन्धु विकास बैंक, सनराइज बैंक र सानिमा बैंककको संस्थापक सेयर खरिद गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा पनि लगानी गरेको छ ।
नेप्सेमा सुचिकृत नभएका विद्युत उत्पादन कम्पनी लिमिटेड र वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि सेयर लगानी गरेको छ ।सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआइएल क्यापिटल लिमिटेडको १५ प्रतिशत प्रमोटर सेयर खरिद गरेको छ ।
संचय कोषले बैंक अफ काठमाण्डुमा १ अर्ब ७३ करोड ४७ लाख, सिभिलमा २७ करोड ५८ लाख, सेन्चुरीमा ५ करोड २ लाख, देव विकासमा ३५ करोड ७९ लाख, हिमालयनमा ९ करोड ८३ लाख, जलविद्युत लगानीमा १ अर्ब, महालक्ष्मी विकासमा २ करोड ४० लाख, नेपाल बैंकमा ९९ करोड ९८ लाख, एनएमबीमा ३५ करोड १२ लाख, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी प्रभु बैंकमा १० करोड २५ लाख, राष्ट्रिय बिमामा २९ करोड ७९ लाख, नेपाल एसबीआईमा ४५ करोड ८० लाख, सिन्धु विकासमा ३ करोड ३८ लाख, सनराइजमा १० करोड र सानिमामा ४८ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।
नेप्सेमा १ अर्ब विद्युत उत्पादनमा ३३ करोड, वेतन कर्णालीमा १० करोड ५० लाख र सीबीआइएल क्यापिटलमा ३ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ ।
कोषले कुल लगानीको ५३.४६ प्रतिशत अर्थात १ खर्ब ८१ अर्ब सञ्चयकर्ता सापटी, बैंकहरुको मुद्धतिमा २३.५० प्रतिशत अर्थात ७८ अर्ब ७९ करोड, परियोजना कर्जा १५.५७ प्रतिशत अर्थात ५२ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ ।
यस्तै सरकारी सुरक्षणमा ०.१६ अर्थात ५३ करोड, व्यवसायिक भवनमा ७२ करोड रुपैयाँ लगानी गरेको कोषले जनाएको छ । कोषले ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेको छ ।