काठमाडौं । व्यवसाय प्रवद्र्धन गर्दै आएको आरएम ग्रुप पछिल्लो समय जलविद्युतमा लगानी विस्तार गर्न थालेको छ । ग्रुपले १५ मेगावाटको २ जलविद्युत् आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । यस्तै ६९ मेगावाटका २ आयोजनाको निर्माण थालेको छ ।
यसबीचमा ग्रुपले १६३ मेगावाटको दुई आयोजनाको संभाव्यता अध्ययन थालेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि यी आयोजना अघि बढ्ने छन् ।
ग्रुपले स्थापना गरेको विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला र ६.६ मेगावाटको रुदी–बी जलविद्युत आयोजना सम्पन्न गरेको छ । यी आयोजनाको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
विन्धवासिनले २५ करोड रुपैयाँ बराबरकाके २५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । यी दुई आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ ।
ग्रुपले पिपुल्स इनर्जी लिमिटेडमार्फत ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ । खिम्ती २ आयोजनाको अनुमानित लागत १० अर्ब रुपैयाँ छ । कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण आयोजना निर्माण अवरुद्ध भएको छ ।
यस्तै ग्रुपले २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । यो आयोजना मल्टि इनर्जी डेभलपमेन्ट कम्पनीमार्फत सुरु भएको हो ।
अवस्था सहज हुनसाथ खिम्ती आयोजनाको निर्माण सुरु हुने ग्रुपका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए । ग्रुपले अन्य आयोजना हेरिरहेको छ । आकर्षक देखिएका जलविद्यत आयोजनामा अझ लगानी बढाउने सोचमा ग्रुप रहेको आचार्यले जानकारी दिए ।
यसैगरी ग्रुपले १५५ मेगावाटको घुन्साखोला आयोजनाको संभाव्यता अध्ययन सुरु गरेको उनले जानकारी दिए । यस्तै लाङटाङमा ८ मेगावाटको अर्को आयोजनाको पनि अध्ययन सुरु भएको छ ।
यातायात, पर्यटन, ‘फुडप्रोसेसिङ’ हुँदै ग्रुप अहिले जलविद्युतका अतिरित्त पर्यटन उद्योगमा लगानी विस्तार गर्न लागको आचार्यको भनाई छ । ग्रुपले पोखरामा रम्बा र जोजो चाउचाउ उत्पादन गरिरहेका छ ।
ग्रुपमार्फत सफटवयेर कम्पनी सञ्चालन भइरहेको छ । आफै सफटवेयर बनाएर विदेशमा बेच्ने गरेको उनी सुनाउँछन । यस्तै आरएम ग्रुपले डीसहोममा लगानी गरेको छ ।
तयारी पोशाक, भेटनरी औषधी व्यवसाय, रियलस्टेटको व्यवसाय सञ्चालनमा छन् । लगानीको हिसावले सबैभन्दा धेरै लगानी जलविद्युतमा भएको कार्यकारी अध्यक्ष आचार्यको भनाई छ । ‘जलविद्युतमा अर्बौ रुपैयाँ लगानीका कुरा हुन्छ भने एउटा उद्योग १५ देखि २० करोडमा खोल्न सकिन्छ उनले भने ‘एक मेगावाट उत्पादन गर्न २० करोड चाहिन्छ ।’
निर्माण सुरु गरिएका आयोजनाको पूर्वाधारको काम भइरहेको छ । जमिन खरिद, सडकलगायत विद्युत लैजाने काम भइसकेको छ । सुरुङ खन्ने काम मात्र अवरुद्ध भएको छ । चिनियाँ ठेकेदार आउने तयारी अवस्थामा रहेका बेला लकडाउन सुरु भएको छ । काम सुरु गरको ३ वर्षमा खिम्ती आयोजना सकिने छ ।
अन्य क्षेत्रमा पनि संभावना खोजिरहेको आचार्यको भनाई छ । पर्यटन उद्योगमा लगानी विस्तार गर्न पोखराको दुई स्थानमा रिसोर्ट बनाउ जमिन खरिद भइसकेको उनले सुनाए ।
रिसोर्ट बनाउन पोखराका दुई स्थानमा १२५ र १४० रोपनी जग्गा खरिद भइसकेको छ ।
पछिल्लो समयमा ग्रुप वित्तीय रुपमा बलियो हुँदै गएकाले प्रतिफल आउने क्षेत्रमा लगानी विस्तार गर्ने योजना छ ।