यति बेला हाम्रो अवस्था त्यति नराम्रो छैन । राजश्व र वृद्धिमा ठुलो ‘कप्रोमाइज’ गरेका छौं । सबैको पहलले आयात घटेको तथा केही सचेतना लिएका कारण हाम्रो विदेशी मुद्रा सञ्चिती राम्रो छ । यो आर्थिक वर्षको अन्त्यसम्म डराउनु पर्दैन । हामीले डराउने कहाँ भन्दा उद्यमी व्यवसायी जसले ऋण लिनुभएको छ, तिर्ने बेला आइसकेको छ ।
हामीले केही समयका लागि ऋण तिर्ने समय पछि सार्यौं, अब त्यसले मात्र पनि पुग्ने अवस्था छैन । कर्जा तिर्ने समय कति परसार्ने ? कस्तो कर्जालाई पुनसंरचना र पुर्नतालिकीकरण गर्न आवश्यक छ ? कस्तालाई आवश्यक छैन ? प्रोभिजिनिङ के हुने ? कर्जाको गुणस्तर कसरी निर्धारण गर्ने ? भन्ने सबै विषयमा गहन रुपमा सबैसंग छलफल गरिरहेका छौं ।
यहाँहरुले दिएका सुझावलाई लिएर मौद्रिक नीतिमा सम्बोधन गर्ने छौं । हाम्रो आउने मौद्रिक नीतिले असहज परेकालाई माथि नै उकास्न खोज्छ, त्यही छाड्दैन, बाहिर निकाल्ने प्रयत्न गछौं ।
भरखरै एक्सपोजर ड्राफटको रुपमा पुनर्कर्जाको गाइडलाइन ल्याएका छौं । यो पोहर नै ल्याएको हो, यसपटक फरक ढंगले सोच्नु पर्ने हामीले देख्यौं । यसको आउटरिच बढाउन र थ्रेसहोल्ड घटाउन खोजेका छौं । घरेलु तथा साना उद्योगीलाई लक्षित गरेर पुनर्कर्जा गाइडलाइन ल्याउन खोजेका छौं ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत धेरैबाट सुझावहरु आएका छन, तिनिहरुलाई सम्बोधन गर्न खोज्दै छौं । पुनर्कर्जा स्वीकृतिको चरणमा छ । यसको सौन्दर्य के हो भन्दा प्रत्येक बैंक शाखाबाट पुनकर्जा सुविधा प्रदान हुँदै छ । प्रत्येक गाउँपालिकामा पुनर्कर्जा सुविधा पुगेको अवस्था हुने छ । यदी पुगेन भने सबैले भन्नु पर्यो ।
७४६ पालिकामा बैंकका शाखा पुगेका छ । क र ख बैंकको शाखा मात्रै ५ हजार ५०० छन । प्रत्येक शाखाबाट ५ ओटा कर्जा पास भए मात्रै एक वर्षमा २७ हजारमा तुरुन्त पुग्ने छ । साना भन्दा साना ऋणीले पनि बैंकबाट कर्जा पाउने छन ।
कर्जा विस्तारमा अहिले धेरैको चासो छ । लकडाउनले गर्दा सबैको तोडिएको अवस्था छ । पुँजीले मात्र पुग्दैन । चालु पुँजीको आवश्यक छ, आवश्यकता हेरेर हामी चालुपुँजी कर्जा दिने व्यवस्था गर्ने छौं । सीसीडीलगायत कुनै पनि कुराले असर पारेको होस वा उसको लोनको भ्यालुलेस वा सुरक्षाको कारणले नपुगेको होस, कयौं वाधा व्यवधान आउन सक्छन ।
सुझावमा हामी खुला छौं । कर्जा तिर्ने समय पर सारिराख्दा बजारमा प्रचुर मात्रामा तरलता आवश्यक हुन्छ । त्यसकारण हामीले प्रसस्त व्यवस्था गरेका छौ । बजारमा साढे २ खर्ब रुपैयाँ तरलताको वातावरण अहिले छ । भोली थप तरलता चाहियो भने तयार भएर बसेका छौं । मौद्रिक नीतिबाट खुला गर्ने छौं ।