एजेन्सी । कोभिड– १९ को महामारीका कारण विश्वभरको वित्तीय अवस्था जर्जर बनेको छ । यसबीच धेरै साना व्यवसायीहरु यो संकटबाट उठ्नका लागि संघर्ष गरिरहेका छन् ।
अमेरिकाको राष्ट्रिय स्वतन्त्र व्यवसायी महासंघ एनएफआईबीले ३० मार्चमा बताएअनुसार महामारीका कारण ९२ प्रतिशत साना व्यवसायीले नकारात्मक असर झेलिरहेको बताएका छन् । मात्र ५ प्रतिशत व्यवसायीले आफूहरुले नकारात्मक असर नझेलेको बताएका छन् ।
साना व्यवसायको यो अल्पकालीन परिदृश्य उद्योगअनुसार फरक छ । तर, अर्थतन्त्र सामान्य अवस्थामा फर्किएपछि रिकोभरी मोड कस्तो देखिन्छ होला भन्ने कुरालाई यहाँ ध्यान दिन आवश्यक छ । यदि तपाईंको कम्पनीसँग कोभिड– १९ को असरबाट बाहिर निस्कने रणनीति छ भने यसले तपाईंलाई कम्पनीको पुनर्निर्माण गर्न र संकटबाट माथि उठाउन सहयोग गर्छ । तर, यदि कोरोना भाइरसको असरबाट बाहिरिने रणनीतिमा के कुरा समावेश गर्नुपर्छ भन्ने विषयमा अलमल हुनुहुन्छ भने यी निम्न बुँदाले तपार्इंलाई आफ्नो व्यवसायलाई पुरानो ट्रयाकमा ल्याउन मद्दत गर्नेछ ।
१. वित्तीय क्षतिको मूल्यांकन
कोभिड–१९ पछि व्यवसायको पुनर्निर्माण गर्नुअघिको पहिलो काम भनेको आफ्नो व्यवसाय कति गहिरो रुपमा प्रभावित भएको छ भन्ने कुराको निक्र्योल गर्ने नै हुनुपर्छ ।
यो धेरै चरणमा गर्न सकिन्छ । यदि तपार्इंले आफ्नो कम्पनीको फाइनान्सियल स्टेटमेन्ट अपडेट गर्नुभएको छैन– जस्तै, नाफा, घाटा वा क्यास फ्लो भने तपाईंले यो तत्काल गर्नुपर्छ । तत्पश्चात् कम्पनीको गत वर्षको वित्तीय विवरणसँग तुलना गरेर यस व्यवसाय कति ओरालो लागेको छ भन्ने कुरा निक्र्योल गर्नुहोस् । एनएफआईबीका अनुसार ३ प्रतिशत साना व्यवसायी मात्र यो महामारीबाट लाभान्वित भएका छन् । यसकारण तपाईंको व्यवसायले सोचेजस्तो क्षति नबेहोरेको हुन सक्छ ।
फाइदा, नाफा, बिक्रीजस्ता अंकबाहेक व्यवसायलाई प्रभावित पार्ने अन्य माध्यममा पनि विचार गर्नुहोस् । यदि तपार्इंले यो महामारीका बीच सबै कर्मचारीलाई कामबाट निकाल्नुभएको छ भने व्यवसायको पुनर्संरचनामा नयाँ वा पुरानै कर्मचारीको आवश्यकता पर्न सक्छ । यसबीच आफ्नो मार्केटिङ, विज्ञापन बजेटलाई कटौती गर्नुभएको छ वा तपाईंका ग्राहकहरु सेवाका लागि अन्य प्रतिस्पर्धी कम्पनीमा पुगे कि । यी सबै कुराको मूल्यांकन गर्नुपर्छ ताकि वित्तीय संसाधन पहिचान गरेर पुनर्संरचनातिर जान सकियोस् ।
२. आफ्नो व्यावसायिक योजनालाई पुनः समीक्षा गर्नुहोस्
कोभिड– १९ अघि तपार्इंको व्यावसायिक मोडलले राम्रो काम गरेको हुन सक्छ तर यसबाट बाहिर निस्किसकेपछि तपार्इंले केही सुधार गर्नैपर्छ ।
विशेषगरी अबको नयाँ परिस्थितिमा तपाइको व्यवसाय कसरी सञ्चालन हुन्छ र कहाँ अडिन्छ भन्ने कुरामा तपार्इंले विचार गर्नुपर्छ । यदि पहिले तपाईंले हि“डेर घर–घर पुगी सेवा दिनुहुन्थ्यो भने अब घरबाट सपिङ गर्नेको संख्या वृद्धि दरलाई दृष्टिगत गर्दै नयाँ इकोसिस्टममा अटाउन डिजिटल विस्तारतिर विचार गर्नुपर्ने हुन सक्छ ।
यद्यपि यो समस्यासँग जुध्ने तपाईं एक्लो व्यवसायी हुनुहुन्न । विभिन्न संस्थाहरुले संकटबाट व्यवसायलाई पुनरुउत्थान गर्न संसाधन र मेन्टरसिप दिइरहेका हुन सक्छन् । आफू वरपर खोज्नुहोस् । यसबीच कोरोना भाइरससँग सम्बन्धित विभिन्न विशेष मुद्दामा वेबनारहरु भइरहेका छन्, त्यहाँ सहभागिता जनाउनुहोस् ।
समग्र उद्योग तथा व्यवसाय क्षेत्र महामारीबाट कसरी प्रभावित भएको छ भन्ने कुराको विश्लेषण गर्नु पनि सहयोगी हुन्छ । आफ्ना प्रतिस्पर्धी एवं समग्र क्षेत्रलाई हेर्नुहोस्, ट्रेन्डमा ध्यान दिनुहोस् र अवसर खोज्न केन्द्रित रहनुहोस् । आफ्नो व्यवसाय पछि पर्नुको कारण र कमी–कमजोरी खोज्न सक्नुभयो त्यो अझ असल हुनेछ । यसले तपाईंको व्यवसायलाई अझ समृद्ध बनाउनेछ ।
आफ्नो बिजनेस योजना र मोडलको समीक्षा गर्न सक्नुभयो भने यसले तपाईंको व्यवसायको बलियो र कमजोर दुवै पाटोलाई स्पष्ट बनाउनेछ । कहाँ सुधारको आवश्यकता छ, कता हात झिक्नुपर्नेछ, यी सबै कुरा स्पष्ट भएर जान्छन् ।
३. संकटपछि कम्पनीलाई उठाउन फन्ड आवश्यक छ/छैन विचार गर्नुहोस्
जब महामारीमा खर्च गर्ने ठूलो क्यास हुँदैन, तब महामारी अन्त्य भइसकेपछिको नयाँ अवस्थामा व्यवसाय सञ्चालन गर्नका लागि तपाइसँगलाई केही कार्यशील पु“जीको आवश्यकता पर्न सक्छ ।
जब कोभिड– १९ महामारीपछि पुनस्र्थापनाको समय तपार्इंको साना व्यवसायलाई वित्तीय सहायता गर्ने कुरा आउँछ, तब धेरै विकल्पमा तपार्इंले विचार गर्न सक्नुहुन्छ । जस्तै, व्यावसायिक ऋणका लागि तथा केही सरकारी कार्यक्रम तथा प्याकेजहरु हुन सक्छन् । कोभिड– १९ को संकटमा व्यवसाय बचाउन संघर्ष गरिरहेका व्यवसायका लागि फन्डिङ कार्यक्रमहरुबारे सोधपुछ गर्न सक्नुहुन्छ ।
महामारीका कारण तपाईंको मात्र होइन, धेरै व्यवसायहरु संकटग्रस्त अवस्थामा छन् । यस्तो बेला राहतका लागि तपाईंले भरेको दर्खास्त हेर्नुअघि नै त्यस्ता फन्डहरु सकिन सक्छन् । यसकारण तपार्इंले फन्डका अन्य स्रोतहरुमाथि पनि विचार गर्नुपर्छ । जस्तै,
१. बैंकबाट साना व्यवसायीहरुका लागि टर्म लोन, क्रेडिट युनियन तथा अनलाइन ऋणदाता
२. बिजनेस लाइन अफ क्रेडिट
३. बिजनेस क्रेडिट कार्ड
४. भेन्डर ट्रेडलाइन
५. अकाउन्ट रिसिभेबल फाइनान्सिङ
६. मर्चेन्ट क्यास एड्भान्स
७. इन्भेन्टरी फाइनान्सिङ
८. पर्चेज अर्डर फाइनान्सिङ
९. इक्युपमेन्ट फाइनान्सिङ
यी सबै विकल्पका पनि आफ्नै फाइदा र बेफाइदा छन् । उदाहरणका लागि, अकाउन्ट रिसिभेबल फाइनान्सिङ र मर्चेन्ट क्यास एड्भान्स फाइनान्सिङ सजिलो हुन सक्छन् । यिनलाई पर्फेक्ट क्रेडिटको आवश्यकता पर्दैन ।
तपाईंको व्यवसायलाई अल्पकालका लागि फन्डिङ गर्न यो उपयोगी हुन्छ । तर यी दुवैले तपार्इंसँग पनि योग्यता खोज्छ । उदाहरणका लागि, आउटस्ट्यान्डिङ इनभ्वाइस र क्रेडिट कार्ड सेल्स आदि । यदि बिक्री सुस्त भइरहेको छ भने तपाईंको आवेदनले स्वीकार्यता नपाउन सक्छ । अन्य किसिमका साना व्यावसायिक ऋण तथा लाइसेन्स अफ क्रेडिटको तुलनामा वैकल्पिक फाइनान्सिङ अप्सनमा धेरै उच्च प्रभावकारी वार्षिक प्रतिशत दर पाउन सकिन्छ ।
कम्पनी पुनर्निर्माणका लागि फाइनान्सिङ लिने सोच्दै गर्दा प्रतिस्पर्धा धेरै हुन सक्छ भन्ने कुराको याद राख्नुहोस् । तपाईंले ऋण तिर्न सक्नुहुन्छ भन्ने कुराको ऋणदातालाई सुनिश्चितता चाहिन्छ । यसका लागि तपाईंको व्यावसायिक र व्यक्तिगत क्रेडिट स्कोरको समीक्षा हुन्छ । साथै, तपाईंको व्यावसायिक र व्यक्तिगत वित्तको पनि समीक्षा हुन्छ ।
४. नयाँ खर्चका लागि बजेट सुधार गर्नुहोस्
कोभिड– १९ को महामारीबाट बाहिर निस्कँदै गर्दा तपार्इंले आफ्नो व्यवसायबाट पैसा कमाउनुअघि पैसा लगानी गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि, नयाँ कर्मचारीलाई भर्ती गराउनैपर्ने हुन्छ । प्रशिक्षण दिनुपर्ने हुन्छ । कामबाट निकालेका कर्मचारीलाई पुनः काममा फिर्ता ल्याउनुपर्ने हुन्छ ।
व्यापक खरिदारी गर्नुपर्ने आवश्यकता हुन सक्छ । पुनः ताजा व्यवसाय सञ्चालन गर्न विज्ञापनमा बजेट बढाउनुपर्ने हुन्छ ।
कोरोना भाइरसको प्रभावबाट माथि उठ्न सबभन्दा पहिले तपाईंले कुन शीर्षकमा खर्च बढाउन आवश्यक छ र कुनमा घटाएर आफ्नो आम्दानीलाई आगामी दिनमा बढाउन सकिन्छ भन्ने कुराको निर्धारण गर्न आवश्यक छ । अनावश्यक खर्चलाई घटाएर सञ्चालन बजेटलाई पनि सम्भव भएसम्म खुम्चाउने प्रयास गर्नुहोस् ।
यो समय तपार्इंले आफ्ना लागि तलब कटौती गर्नुभयो भने अझ राम्रो हुन्छ । यो बेला आफ्नो व्यक्तिगत वित्तीय दायित्वलाई पर राखेर आफ्ना लागि पे चेक कटौती गर्नुभयो भने यसले तपाईंको व्यवसायलाई आफ्नो खुट्टामा पुनः फर्केर उभिन मद्दत गर्नेछ ।
५. पुनर्निर्माणको टाइमलाइन बनाउनुहोस्
कोभिड– १९ पनि व्यवसायमा धेरै काम गर्ने तपाईंको इच्छा साथसाथै आवश्यकता पनि होला । तर, सबै काम एकै पटक गर्न सम्भव हुँदैन । यस कारण कुन काम कहिले गर्ने भनी प्राथमिकताका आधारमा समयतालिका बनाएर गर्नुहोस् ।
उदाहरणका लागि, तपाईंको तत्कालको लक्ष्य भनेको व्यवसायका निम्ति कोष जुटाउन हुन सक्छ । यो काम तपाईंले एक पटक गरिसकेपछि कर्मचारीलाई भर्ती गर्ने, खरिदारी तथा स्टक भर्ने, महामारीका कारण बन्द भएको व्यवसाय सुरु गर्ने यी सबै काम हुन्छन् । यसलाई क्रमैसँग आफ्नो प्राथमिकताका आधारमा गर्दै लैजानुहोस् ।
पुनर्निर्माणतिर अघि बढ्दै जाँदा आफ्नो प्रत्येक कदम र प्रगतिलाई ट्रयाक गर्नुहोस् । व्यवसायमा लगानी गर्न पु“जी जुटाउने कामलाई प्राथमिकतामा राख्नुहोस् किनभने अन्य क्रियाकलापमा समय खेर फालेर तपाईंले फल पाउनु हुँदैन । कोभिड– १९ लगत्तै काम सुरु गर्दा जाँदा सबै काम ठीक भइरहेको छ वा छैन, साप्ताहिक रुपमा समीक्षा गर्नुहोस् । समयपछि सबै काम कुरा स्थिर भइसकेपछि तपार्इंले मासिक रुपमा पनि व्यवसाय र वित्तको समीक्षा गर्न सक्नुहुन्छ ।
६. आगामी संकटका लािग पनि पूर्वतयारीका योजनाहरु बनाइराख्नुहोस्
कोरोना भाइरसको वैश्विक महामारी हेर्दा एक युगमा एक पटक आउनेजस्तो देखिन्छ । तर, तपार्इंको व्यवसायलाई अवरुद्ध पार्न जुनसुकै समयमा आपतकाल आइलाग्न सक्छ । यो महामारीबाट सिकेको अनुभवलाई अर्को संकटको तयारीमा प्रयोग गर्नुभयो भने भविष्यमा आइलाग्ने अप्ठ्यारालाई कमी गर्न सक्नुहुन्छ ।
उदाहरणका लागि, कोभिड– १९ महामारी सुरु हुनुअघि थोरै वा केही पनि बचाएर राख्नुभएको छैन भने तपाईंको व्यवसायका लागि तरल नगद बचत प्राथमिकतामा पर्न सक्छ । तपाईंले ऋण तिर्ने र अनावश्यक खर्च घटाउनेतिर ध्यान दिन सक्नुहुन्छ । अथवा सञ्चालन खर्च घटाउन आफ्ना कर्मचारीलाई प्रभावकारी रुपमा आफ्नो काम गर्न सहयोग गराउने विधिहरु खोज्न सक्नुहुन्छ ।
यो महामारीले तपाईंलाई केही कुरा सिकाएको छ । प्रतिकूल अवस्थामा पनि व्यवसायलाई निरन्तर सञ्चालन गर्न सकियो भने कसरी क्षतिबाट बच्न सकिने रहेछ भन्ने कुरा सिकिएको छ । यस कारण आफ्नो व्यवसायलाई निरन्तर सञ्चालन गरिरहन आवश्यक सबै पूर्वाधार र उपकरणहरुको जोहो गर्नुहोस् । यसअघि तपाईंका कर्मचारी घर बसेर काम गर्न अक्षम थिए भने अब त्यसको पनि व्यवस्था गर्नुहोस् ।
बक्सभन्दा बाहिर जति सोच्न सक्नुभयो त्यति नै तपार्इंलाई खराब अवस्थाबाट पार पाउन सजिलो हुन्छ । यस कारण सधैं प्लान बी, प्लान सी, डी, ई र एफ साथमा तयार गरेर राख्नुहोस् । यसले प्रतिकूल अवस्थामा पनि तपाईंको व्यवसायलाई बाँच्न मद्दत गर्दछ । अप्ठ्यारो वित्तीय अवस्थामा पनि तपाईंको व्यवसाय फल्न/फुल्न सक्छ ।