काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफु निकट मन्त्रीहरु सँग् थप छलफल सुरु गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री बर्षमान पुन बैठकबाट बाहिरीएका छन् । ओलीले आफू निकटका मन्त्रीहरुसँग पार्टी एकता जटिल अवस्थामा पुगेको बताएका छन्
उनले पार्टी यहि तरिका र प्रवृत्तीले चल्न नसक्ने बताएको एक मन्त्रीले बताए । पार्टीबाटै राष्ट्रपति हटाउन अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको प्रधानमन्त्रीले बताए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ, उनले भनेका थिए ।
पार्टीलाई एकता सुदृढ बनाउन आफु अन्तिम समयसम्म लड्ने र त्यसमा साथ दिन प्रधानमन्त्रीले मन्त्रीहरुलाइ आग्रह गरेका थिए ।
बैठकमा मन्त्री घनश्याम भूषाल, वर्षमान पुन र बिनाम मगरले धारणा राखेका थिए । उनीहरुले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
उनीहरुले पार्टी फुट्ने कुरा अध्यक्षस्तरबाट आउनु राम्रो नभएको भन्दै कसरी कसरी फुट्दैन त्यसको उपाय निकाल्नुपर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले बैठक यति नै भन्दै सकिएको घोषणा गरेका थिए ।
यसअघि प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध नेकपामा विवाद सुरु थियो । जसको परिणाम प्रधानमन्त्रीलाइ अध्यक्ष र प्रधानमन्त्री छाड्न दबाब नेकपा भित्रै परिरहेको अवस्था छ ।
यसअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।