काठमाडौं । लकडाउन सँगै सन्चालनमा आएको नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले जी - बार सन्चालनमा ल्याएको छ। जी - बार अन्तर्गत अल्कोहल र तयारी खाजा राती ३ बजे सम्मै पनि डेलिभरी गरिने बताइएको छ।
जी(बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न। सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ। जी बार अन्तर्गतका सामग्री एक घन्टा भित्र घरैमा डेलिभरी हुने ग्यापु मार्केटप्लेसका संस्थापक ज्ञानेन्द्र खड्काले बताए।
लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सन्चालनमा ल्याइएको खड्काको भनाइ छ।
जी - बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए। ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए।
असार २४ गते बिहीवारबाट सुरु भएको यो जी बारमा ओपनिङ अफर अन्तर्गत २४ र २५ गते रु १२०० भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैया बराबरको सपिङ भौचर प्रदान गरिने खड्काले बताए।
विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजामा मस्म, सुकुटी फ्राइ, बफ, चिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध हुनेछ। त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए।
ग्राहकले सामान खरिद गर्दा फोनपे , कनेक्ट आइपिएस, इ-सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला डेबिटरक्रेडिट कार्ड मार्फत पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।
कुनै पनि नेपालको तथा सन्सार भर कै बैन्कको बैन्क कार्ड बाट सजिलै अनलाईन मै भुक्तानी पनि गर्न सकिन्छ भने फोनपे इन्टिग्रेटेड सबै बैन्कको मोबाइल बैन्किङ मार्फत पनि सजिलै भुक्तानी गर्न सकिने छ ।