काठमाडौं । नेपालको ‘क’ श्रेणीको अग्रणी बैंक नबिल बैंकले हुवावे टेक्नलोजीज्स“ग रणनितिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाह र हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) डेङ चुगेनले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि प्रमुख कार्याकारी अधिकृत शाहले हुवावे जस्तो विश्व विख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीस“ग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रीत लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हुवावे टेक्नलोजीज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशिन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आनो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारीता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आफ्ना वित्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हाल विश्व भरी १ हजार ६ सय भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् । जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पछर्न् ।