काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन्।
बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षण गर्दै मन्त्री भट्टराईले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सारेका मानवतावादी विचार र अहिंसा, शान्ति र सद्भावको प्रचार प्रसार गर्न प्रेरित गरिनुपर्ने बताए ।
चालु आबको प्रगति समीक्षा र आगामी कार्यक्रमको छलफलमा समेत सहभागी भएका मन्त्री भट्टराईले नेपाल र मित्रराष्ट्रहरुबीचको सम्बन्धलाई हार्दिक र सुदृढ बनाउने प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।
उनले कु्नैपनि मित्रराष्ट्रहरुको सम्वेदनशीलतालाई ख्याल गरी धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउन पनि निर्देशन दिए । उनले देशभरका गुम्बामा के कस्ता गतिविधि भइरहेका छन् तिनको प्रभावकारी अनुगमन गर्न तथा गुम्बाहरुभित्र कुनैपनि अवान्छित गतिविधि हुन नदिन निर्देशन दिए ।
मन्त्रालय मातहत निकायका काम कारबाहीलाई शत प्रतिशत सम्पन्न हुनेगरी काम गर्न आग्रह गर्दै पर्यटनमन्त्री भट्टराईले प्रत्येक महिना मन्त्रालयमा प्रगति पेश गर्न पनि निर्देशन दिए ।
विश्वमा अर्बौै मानिस बुद्धका अनुयायी रहेकामा गौरव गर्दै विश्व सम्पदाको जगेर्ना गर्दै बुद्ध सम्बन्धी अध्ययन अनुसन्धानको तीर्थ स्थल नेपाल बनाउनेगरी काम गर्न समेत गुम्बा विकास समितिका पदाधिकारीलाई निर्देशन दिए ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले संस्थाको प्रभावकारिता बढाउदैँ जादा स्रोतहरु आफै जुट्दै बताउदै गुम्बा विकास समितिलाई चाहिने आवश्यक नियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिए ।
समितिले चालु आबमा ५७ प्रशित मात्रै काम सकिएको प्रतिवेदन पेश गरेको छ । समितिमा हाल देशभर दुई हजार ८२२ गुम्बा आवद्धता रहेका छन् ।
समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा ९जिक्डोल० ले देशभरका गुम्बालाई समिति मातहत ल्याई संस्थालाई सम्पूर्ण बौद्धमार्गीको आस्थाको केन्द्र बनाउनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।