कहिले खुल्छ लाइसेन्स आवेदन र ट्रायल परिक्षा? यस्तो भन्छ यातायात विभाग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १२, साेमबार,१०:५५:AM  
कहिले खुल्छ लाइसेन्स आवेदन र ट्रायल परिक्षा? यस्तो भन्छ यातायात विभाग

काठमाडौं ।  यातायात व्यवस्था विभागले दशैंअघि सवारी अनुमति पत्र(लाइसेन्स)को आवेदन र प्रयोगात्मक परिक्षा ट्रायल दिने कार्य नखुल्ने जनाएको छ ।

काठमाडौं उपत्यका लगायत देशभरका यातायात कार्यालयमा नोबेल कोरोना भाइरस(कोभिड—१९) को संकमणको जोखिम बढी रहेको भन्दै विभागले यातायात कार्यालयका सम्पूर्ण काम दशैंपछि मात्र खोल्ने भएको हो । 

पछिल्लो समय झन कोरोना भाइरसको संङ्ख्यामा उल्लेख्य वृद्धि भएकोले तत्काल ट्रायल लाइसेन्स आवेदन लगाएतका कार्य खुल्ने सम्भावना टरेको विभागले जनाएको हो । 

यातायात विभागका महानिर्देशक गोगन हमालले दशैं तथा तिहार पछि नै अवस्था हेरेर खोलिने बताए । ‘यातायात कार्यालय सबैभन्दा बढी भीडभाड हुने स्थान हो भने यातायात कार्यालयले बढि नै चलहपहल हुने भएकाले दशैँ तिहार पछि नै यातायातका सेवाहरु सञ्चालन हुने छ ।’ उनले भने । 

यातायात विभागले चैत ११ देखि लाइसेन्स नवीकरण र प्रतिलिपी लगायतका सबै सेवाहरु सेवाहरु अर्को सुचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top