रोजगारदाता र श्रमिकबीच सहमति, लकडाउन अवधिमा आधा तलव पाउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १३, मङ्गलबार,०८:२३:PM  
रोजगारदाता र श्रमिकबीच सहमति, लकडाउन अवधिमा आधा तलव पाउने 

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी (लकडाउन) को समयमा कामदारहरुलाई दिने पारिश्रमिकको विषयमा रोजगारदाता र ट्रेड युनियनबीच सहमति भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिको पारिश्रमिक भुक्तानीका लागि  सरकारमा शिफारिश गर्ने विषयमा सहमति भएको छ । 

रोजगारदाता र श्रमिक संगठनबीच भएको सहमति अनुसार श्रमिकले चैतको पुरै तलब पाउने छन् । बैशाख र जेठको ५० प्रतिशत तलब पाउने महासंघले जानकारी दिएको छ ।

जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमती भएको  महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योग वाणिज्य महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघबीच मंगलबार सहमती भएको हो ।

लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको समयको पारिश्रमिक दिन कठिनाई भएकोले यस अवधिको ५० प्रतिशत मात्र तलव दिन महासंघको तर्फबाट सुझाव पेश गरिएको थियो ।

उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाहरूकातर्फबाट यसमा निरन्तर भएको पहलबाट मंगलबार सहमति हुन पुगेको हो ।

हस्ताक्षर कार्यक्रममा सहमतीपत्रमा रोजगारदाताहरुका तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष ढकाल, परिषदका उपसभापति भरतराज आचार्य, उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल,नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र  नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य अध्यक्ष, संयुक्त ट्रेड युनियन समन्वय केन्द महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ,अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष  जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुंवर, मधेशी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष पल्टन ठाकुर र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिकमत जंग भण्डारीले हस्ताक्षर गरेको महासंघले जानकारी दिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top