भारत हुँदै नेपाल छिरेका सलह चीनसम्म पुगे, एक हप्ता भारतबाट सलह नआउने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १४, बुधबार,१२:१८:PM  
भारत हुँदै नेपाल छिरेका सलह चीनसम्म पुगे, एक हप्ता भारतबाट सलह नआउने

काठमाडौं । यसअघि भारत हुँदै नेपाल छिरेको सलह किरा चीनसम्म पुगेका छन् । असार २७ गते दाङ र कपिलवस्तु हुँदै नेपाल छिरेको दुइओटा सलहको झुण्ड म्याग्दी, मुस्ताङ हुँदै चीनसम्म पुगेका हुन् ।

नेपालमा आएका सलह किरा उत्तरी छिमेकी चीनसम्म पुगेको जानकारी प्राप्त भएको सलह आवत तथा व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए । ती सलह म्याग्दी, मुस्ताङ हुँदै चीन पुगेपछि त्यहाँको सरकारलाई पनि रिपोटिङ गरि नियन्त्रण गर्न भनिएको बताए ।

केही दिनयता कुनै पनि जिल्लाबाट सलहले क्षति पुर्याएको विवरण आएको छैन्र । यसअघि आएका सलह किरा प्रतिकुल मौसमका कारण निष्क्रिएको भएको हुमागाईले बताए । धेरै जिल्लामा सलह किरा मरेको जानकारी प्राप्त भएको उनको भनाई छ ।

उनले अबको एक डेढ हप्ता भारतबाट सलह नआउने बताए । हावाको वहाव नेपालतर्फ आउने अवस्था एक हप्ताका लागि नरहेको भन्दै उनले सलह किरा नआउने बताए । त्यसपछि भने आउन सक्ने जोखिम रहेको उनको भनाई छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top