लाइसेन्सको पर्खाइमा हुनुहुन्छ ? लकडाउनमै छापियो ६ लाख स्मार्ट लाइसेन्स

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १४, बुधबार,०१:५३:PM  
लाइसेन्सको पर्खाइमा हुनुहुन्छ ? लकडाउनमै छापियो ६ लाख स्मार्ट लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले सेवा ठप्प भएको मौका छोपी ६ लाख भन्दा बढी स्मार्टलाइसेन्स छपाइ गरेको छ । चार महिनाको बीचमा विभागले सबैलाई स्मार्टलाईसेन्स  दिने तयारी गरेको छ । 

चैत ११ गतेबाट कोरोना भाइरसको कारण बन्दाबन्दी (लकडाउन) गरेपछि विभागले लाइसेन्स आवेदन, ट्रायल परीक्षा र लाइसेन्स वितरणमा पनि रोक लगाएको थियो । अब विभागले अन्य सेवा बन्द रहे पनि लाइसेन्स वितरण कार्यलाई भने निरन्तरता दिने भएको छ ।

विभागका महानिर्देशक गोगनकुमार हमालले यातायातका सेवा बन्द रहेको अवस्थालाई स्मार्टलाईसेन्स छाप्न समय दिएको बताए । ‘लकडाउनका समयमा स्मार्टकार्ड छापेर लगभग सकिसकेको छ’ उनले भने ‘अब हामिसँग करिब ५० देखि ६० हजारमात्र कार्ड छाप्न बाँकी छ’ । उनका अनुसार साउनभित्र बाँकी सबै स्मार्टकार्ड छापेर सकिन्छ । 

हाल विभागले पुरानै मास प्रिन्टरबाट लाइसेन्स छपाइको काम गरीरहेको छ । अब ४ महिना रोकिको यातायात क्षेत्रको सबै सेवा सुरु गर्दा सेवाग्राहीको चाप ह्वातै बढ्ने भन्दै विभागले सीमित कोटा प्रणाली मार्फत सेवा दिने योजना बनाएको महानिर्देशक हमालको भनाई छ ।

दशैं तिहारपछि लाइसेन्स लगाएत सबै सेवा सञ्चालन गर्दा सेवाग्राहीको चाप थेगिनसक्नु हुने सेवामा समस्या पनि आउन सक्ने विभाग बताउँदै आएको छ । लाइसेन्सको लागि एकैपटक लाखौंको सङ्ख्यामा आउने भएकाले विभागले नयाँ मासप्रिन्टर खरिद प्रक्रिया अघि सारेको छ । 

विगत  ६ बर्षदेखि स्मार्टलाइसेन्सको बिषयमा चर्चा धेरै भए पनि ट्रायल पास भएको दुई बर्षसम्म पनि लाइसेन्स नपाएको सेवाग्राहीबाट गुनासो उठ्दै आएको छ ।

विभागमा विगत डेढ बर्षमा चार महानिर्देशक परिवर्तन हुँदा पनि स्मार्टलाइसेन्सको समस्या समाधान हुन सकेको थिएन । लकडाउनले महानिर्देशक हमालले बषैंदेखि पेन्डिङ् रहेको स्मार्टलाइसेन्सको समस्या समाधन गरिदिएका छन् । 

विभागले लकडाउन पछिको चापलाई कसरी थेग्ला ?

चार महिनासम्म लकडाउन भएपछि यतिबेला कयौं मानिस ट्रायल परीक्षा र लाइसेन्सको पर्खाइमा छन् । लकडाउन अघिनै दैनिक २ हजार बढी ट्रायल परीक्षा दिदैं आएका थिए ।

अब महामारीपछि सबै सेवा खुल्दा यातायात व्यवस्था विभाग तथा अन्य यातायात कार्यालयले सेवाग्राहीको चापलाई कसरी थेक्छ भन्ने प्रश्न उठ्छ । विभागले यसका लागि पूर्व तयारी गरिसकेको छ ।

विभागले सम्पूर्ण यातायात सेवा खुलेपछि कोटा प्रणालीमार्फत ट्रायल परीक्षा लिने तयारी गरेको छ । महानिर्देशक हमालले यसका लागि थप छलफल गरेर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top