सेलपे दोस्रो वर्षमा, वार्षिकोत्सव अफरमा एक हजार क्यासब्याक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,१०:३५:PM  
सेलपे दोस्रो वर्षमा, वार्षिकोत्सव अफरमा एक हजार क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवा दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर नयाँ अफर सार्वजनिक गरेको छ । 

अफर अन्तर्गत ग्राहकहरुले साउन १६, गते शुक्रबार सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत ९अधिकतम रु. १००० सम्म० क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि ग्राहकले आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नका लागि यस अफरको सुरुवात गरिएको कम्पनीले जनाएको छ । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ । यसमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने सुविधा रहेको कम्पनीले जनाएको छ । 

सेलपेद्धारा विभिन्न दुरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा सेयर कारोबारको सुविधा रहेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top