मलेशियाले ३ क्षेत्रमा मात्र विदेशी कामदार लिने, नेपालीको रोजगारी घट्ने संभावना

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०९:११:AM  
 मलेशियाले ३ क्षेत्रमा मात्र विदेशी कामदार लिने, नेपालीको रोजगारी घट्ने संभावना

काठमाडौं । मलेशियाले विदेशी कामदार कटौतीको तयारी गरेको छ । उसले आगामी दिनमा ३ क्षेत्रमा मात्र विदेशी कामदार लिने भएको छ । निर्माण, वृक्षारोपण र कृषि क्षेत्रमा मात्र कामदार लिने निर्णय मलेशिया सरकारले गरेको हो । 

आवश्यक परे मात्र अन्य क्षेत्रमा मलेशियाका सट्टा अन्य मुलुकको कामदार लिने मलेशियाका उप–मानव संसाधनमन्त्री अवाङ हसिमले जानकारी दिएका छन ।

यसअघि नै मलेशिया सरकारले विदेशी कामदार कटौती गर्ने घोषणा गरिसकेको छ । हाल २० लाख बढी विदेशी कामदार मलेशियामा कार्यरत रहेको उपमन्त्री हसिमले जानकारी गराएका छन । उपमन्त्रीले संसदका सदस्यलाई विदेशी कामदारका बारेमा जानकारी दिदै यस्तो बताएको त्यहाँको एज मार्केट अनलाइनले उल्लेख गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सन २०२० अन्त्यसम्म विदेशी कामदार ल्याउने काम रोकिएको उनले बताएका छन । यस्तै आगामी दिनमा निर्माण, वृक्षरोपण र कृषिका लागि विदेशी कामदारलाई खुला गर्ने उपमन्त्रीले स्पष्टपारेका छन ।

मलेशिया सरकारको यो निर्णयले नेपाली कामदारको माग कम हुने देखिएको छ । यसअघि धेरै क्षेत्रमा रोजगारी खुला गरेको मलेशियाले अब ३ ओटा क्षेत्रलाई मात्र केन्द्रीत गरेर कामदार माग गर्ने भएपछि नेपालीले पाउने रोजगारीको संख्या कम हुने देखिन्छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top