पप्पुसहित चार निर्माण कम्पनी कालोसूचीमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,१२:४१:PM  
पप्पुसहित चार निर्माण कम्पनी कालोसूचीमा 

काठमाडाैं । सरकारले पप्पु निर्माण कम्पनीसहित चारओटा निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको सडक विभाग सुचना जारी गर्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय, काभ्रेपलान्चोकले पप्पु/नेपाल प्रगति जेभी कम्पनी कालोसुचीमा परेका छन् । उनीहरुलाई दुइवर्ष कालोसुचीमा राखिएको हो ।

त्यस्तै, इलाम नगरपालिकाको नगर कार्यपालिकाले पनि चमैता निर्माण सेवा कम्पनीलाई कालोसुचीमा राख्न सडक विभागलाई निवेदन पठाएको थियो । त्यसअनुसार, विभागले त्यो कम्पनीलाई पनि कालोसुचीमा राखेको छ । सो कम्पनीलाई एक वर्ष कालोसुचीमा राखिएको छ ।

यता, श्री माँ सन्तोषी कन्ट्रक्सन सप्लायर्सलाई पनि सडक विभागले कालोसुचीमा राखेको छ । त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रणको कार्यालयले उक्त कम्पनीलाई कालोसुचीमा राख्न विभागलाई निवेदन पठाएका थिए । १ वर्षका लागि कम्पनी कालोसुचीमा परेको छ ।

कालोसुचीमा परेका चारओटा कम्पनीले तोकिएको अवधिभित्र अन्य परियोजनाका ठेक्कामा  भाग लिन पाउँदैनन् 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top