बजार पुँजीकरणमा नेपाल लाइफले इन्भेस्टमेन्ट बैंकलाई पछि पार्दै तेस्रो स्थानमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०२:३५:PM  
बजार पुँजीकरणमा नेपाल लाइफले इन्भेस्टमेन्ट बैंकलाई पछि पार्दै तेस्रो स्थानमा 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार पुँजीकरणमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई पछि पारेको छ । नेपाल लाइफको सेयर मूल्य बढेपछि बजार पुँजीकरणमा बैंकलाई पछि पारेको हो ।

नेपाल लाइफको बजार पुँजीकरण बढेर ७४ अर्ब १९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यसअघि नेपाल लाइफ बजार पुँजीकरणमा १० औं स्थानमा रहँदै आएकोमा तेस्रो स्थानमा उक्लिएको छ । 

नेपाल इन्भेस्टमेन्ट बैंक चौथो स्थानमा झरेको छ । नेपाल इन्भेस्टमेन्टको बजार पुँजीकरण ६६ अर्ब २५ करोड ७६ लाख रुपैयाँ छ । पछिल्लो समयमा नेपाल लाइफको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार ३५० कित्ता पुगेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४६५ रुपैयाँ छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top