बिकास समितिले माग्यो देशभर फोरजी विस्तार हुन नसक्नुको कारण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०४:११:PM  
बिकास समितिले माग्यो देशभर फोरजी विस्तार हुन नसक्नुको कारण

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा देशभर विस्तार गर्न नसकेको भन्दै विकास तथा प्रविधि समितिले कारण पेस गर्न निर्देशन दिएको छ ।

शुक्रबार समितिमा भएको छलफलमा सांसदहरुले फोरजी विस्तारमा भएको ढिलाई र टेलिकमको सेवा गुणस्तरमा प्रश्न उठाएका थिए । समितिले सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यसैगरी टेलिकमको सेवा गुणस्तर र प्रभावकारिताको विषयमा आगमी कार्ययोजना समेत समितिमा पेस गर्न निर्देशन दिएको छ । सांसदहरुले सेवा प्रभावकारीतामा प्रश्न गरेपछि ३० दिनभित्र समितिमा पेस गर्न सञ्चार  मन्त्रालयलाई निर्देशन दिएको छ । 

नेपाल टेलिकमको साझेदारको विषयमा साझेदार भित्र्याउने विषयमा के कस्तो र कसरी साझेदारी गर्ने त्यस सम्बन्धमा स्पस्ट निति व्यवस्था गरि त्यसबारे समितिमा जानकारी गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

सञ्चार मन्त्रालय र प्राधिकरणलाई गत आवमा कति सिमकार्ड वितरण भयो, संस्थाहरुको आर्थिक अवस्था कस्तो छ भन्ने सम्पूर्ण जानकारी सात दिन भित्र प्रस्तुत गर्ने समितिले मन्त्रालय र टेलिकमलाई निर्देशन दिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top