काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ६१ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले गत आर्थिक सो नाफा भएको अनुमान सार्वजनिक गरेको हो । गत वर्ष १ अर्ब २९ करोड रुपैयाँ निर्जीवन बीमा शूल्क संकलन गरेको थियो ।
कम्पनीको ७ औं वार्षिकोत्सवका अवसरमा निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुर्नबीमा कमिसन र अल्पकालिन तथा दीर्धकालिन लगानीबाट प्राप्त प्रतिफल नाफाको स्रोतको आधार भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिल्लीराम अर्यालले जानकारी दिएका छन ।
कम्पनीले गएको असारसम्म वाणिज्य बैंक र विकास बैंकमा गरी ४ अर्ब ३५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी रहेको जानकारी दिएको छ ।
कम्पनीले हालसम्म दुई वाणिज्य बैंक र एक पुर्नबीमा कम्पनीको गरी २ करोड ९० लाख १३ हजार कित्ता सेयर खरिद गरेको छ ।
जसअनुसार नबिल बैंकको ९७ लाख ६४ हजार २००, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ७३ लाख १६ हजार ७४४ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडमा १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ । यी कम्पनीको बजार भाउअनुसार सेयरको मूल्य अर्बौ रुपैयाँ छ । सेयर बजारमा कम्पनीको सेयर मूल्य अधिक रहेको छ ।
कम्पनीको ३ वर्षको लेखापरीक्षण भइरहेको सीईओ अधिकारीले जानकारी दिए । उनले आर्थिक वर्ष ०७३/०७४, ०७४/०७५ र ०७५/०७६ को लेखापरीक्षणको काम जारी रहेको बताए ।
कम्पनीको साधारणसभापछि सरकारको स्वामित्व ४१.०३, कर्मचारी सञ्चय कोषको १९.३७ र नेपाल बैंकको ९.६ प्रतिशत हुने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । २०७१ सालमा राष्ट्रिय बीमा संस्थानबाट अलग भई कम्पनीले निर्जीवन व्यवसाय सुरु गरेको हो ।