काठमाडौं । कर छली गरेपछि राजस्व अनुसन्धान विभागको फन्दामा परेको भैरहवास्थित श्याम ग्याल इण्डष्ट्रिज प्रालि पुन मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क छलीमै संलग्न रहेको खुलेको छ ।
श्याम ग्लास इण्डष्ट्रिजमाथि विभागले असार अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरेर छली गरेको आरोपमा मुद्दा दायर गरेको थियो । त्यसपछि २०७७ साउन २ गते जारी गरेको बिलमा पनि अन्तशुल्क र भ्याट छली गरेको प्रमाण क्यापिटल नेपालले फेला पारेको छ ।
असारमा विभागले अन्तुशल्क असुल नगरी कर छली गरेको आरोपमा ६ करोड ६ लाख २५ हजार बिगो कायम गरी जरिवाना एवम् कैद सजाय समेतको माग दावी गरी मुद्दा दायरा गरेको थियो । त्यसको एक महिना पनि वित्न नपाउँदै श्याम ग्लासले अन्तशुल्क मात्रै होइन्, भ्याटसमेत छली गरेको प्रमाण फेला परेको हो ।
इण्डष्ट्रिजले नेपाल सरकारलाई तिर्नु/बुझाउनु पर्ने राजस्व नतिर्ने एवम् कम तिर्ने उद्देश्य राखि उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छलि गरेको हो ।
याे पनि पढ्नुहाेस, यसरी भइरहेको छ टफन ग्लासको तस्करी, भन्सारका कर्मचारीले थाहा नपाएकै हुन ?
न्यून विजीकरण गरेर टफन ग्लास नेपाल भित्र्याउने, अन्तुशल्क र भ्याट छल्ने कार्यमा श्याम ग्साल सहित अन्य कम्पनीहरु पनि लागेका छन् ।
स्रोतका अनुसार श्याम ग्लासले भ्याट र चलानी बिल भनेर दुई ओटा बिल काट्ने गरेको पाइएको छ । चलानी बिलमा वास्तविक मूल्य र भ्याटविलमा मूल्य घटाएर बिल बनाइएको क्यापिटलले फेला परेको छ ।
प्राप्त डमुमेन्ट अनुसार, श्याम ग्लासले जारी गरेको भ्याट बिल अनुसार ५ एमएमको प्रतिस्क्वायर फिट १ सय, १२ एमएमको प्रतिस्क्वायर फिट २ सय रुपैयाँका दरले भ्याट बिल जारी गरेको छ । चलानी बिलमा १२ एमएमको प्रतिस्क्वायर फिट २ सय ६० रुपैयाँ, ५ एमएमको प्रतिस्क्वायर फिट १ सय ७० रुपैयाँ उल्लेख गरेको छ । भ्याट बिलमा बास्तविक मूल्य लुकाउँदा भ्याट छली भएको पाइएको हो ।
याे पनि पढ्नुहाेस, यसरी छल्छन्, टफन सिसाका व्यापारीले भ्याट
त्यसैगरी अन्तशुल्क पनि छली गरेको देखिएको छ । जबकी, टफन सिसामा ५ प्रतिशत अन्तशुल्क लाग्छ । श्याम बाहेक बजारमा अन्य ग्यास आयातकर्ताले पनि भ्याट, अन्तःशुल्क छली गरेर कारोबार गरिरहेका छन् । स्रोतका अनुसार न्यून भन्सार मूल्याङ्कनमा सामान छुटाउने र यहाँ पनि न्यून बिलमा कारोबार गर्ने कार्य रोकिएको छैन ।
भन्सारका अधिकारीलाई झुक्याएर होस्, वा मिलेमतोमा सामान भित्र्याउने र अन्तशुल्क र भ्याट छल्ने कार्य भइरहेको खुलेको हो ।
याे पनि पढ्नुहाेस, कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै