काठमाडौं । सार्वजनिक संस्थामा कार्यरत कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) तथा उपदान व्यवस्थापनको जिम्मेवारी कर्मचारी सञ्चय कोषले पाएको छ ।
यसअघि निजामति, सेना, प्रहरी, सार्वजनिक संस्थान, र निजी व्यावसायिक प्रतिष्ठानका कार्मचारीहरुको ‘सञ्चय कोष’ व्यवस्थापन गर्दै आएकोमा अब उसलाई सार्वजनिक संस्थामा कार्यरत कर्मचारीहरुलाई अवकासपछि पाउने पेन्सनका अतिरित्त उपदान दिनेपर्ने जिम्मेवारी थप भएको छ ।
सरकारको साउन १८ गतेको निर्णयअनुसार सार्वजनिक संस्थाका कर्मचारीहरुले अवकासपछि पाउने सञ्चय कोष, पेन्सन र उपदानको व्यवस्थापन सञ्चय कोषबाट हुने भएको छ । यसअघि सञ्चय कोषले निजामति, सेना, प्रहरी र राज्यकोषबाट तलव खाने कर्मचारीको पेन्सनको व्यवस्थापनको जिम्मेबारी पाइसकेको छ ।
सरकारको नयाँ निर्णयले २०७६ साउन १ गतेपछि सरकारको लगानी भएका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरुको पेन्सन र उपदानको व्यवस्थापन गर्ने कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए । उनका अनुसार ५५ ओटा सार्वजनिक संस्थानका कर्मचारीको पेन्सन र उपदान सञ्चय कोषले दिने छ ।
जसअनुसार नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल नागरिक उडड्यन प्राधिकरण, विश्वविद्यालय, ३७ ओटा संस्थान, सञ्चय कोष र नागरिक लगानी कोषका कर्मचारीहरु यसमा समावेश हुने छन् ।
निजामति, सेना, प्रहरीलगायत राज्यकोषबाट तलव लिनेले ६ प्रतिशत योगदान गर्ने र सरकारले ६ प्रतिशत दिने व्यवस्था छ । तर, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई स्किम ल्याएर योगदानमा आधारित पेन्सन र उपदान दिने उनले सुनाए ।
पेन्सनका लागि कर्मचारी र संस्थाले गर्ने योगदान स्पष्ट भइसकेको छैन । सञ्चय कोषले प्रत्येक सार्वजनिक संस्थासंग सम्झौता गरेपछि स्पष्ट हुने छ ।
२०७६ साउन १ गतेदेखि नियुक्त भएका सार्वजनिक तथा संगठित संस्थाका कर्मचारीहरुले अवकासपछि पेन्सन पाउने छन । सो समय भन्दा अघि नियुक्त भएका कर्मचारीलाई दिने पेन्सन उपदान दायित्व संस्थान आफैले व्योहर्ने छ ।
वार्षिक अर्बौ रुपैयाँ पेन्सन तथा उपदानको दायित्व वहन गर्न असहज अवस्था आएपछि सरकारले निजामति प्रहरी, सेनालगायत राज्यको कोषबाट तलव लिने सबै कर्मचारीहरुलाई योगदानमा आधारित पेन्सन दिने व्यवस्था गरेको छ ।