निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २, मङ्गलबार,०५:०३:PM  
निषेधाज्ञा गर्ने अधिकार सीडीओलाई 

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाइ निषेधाज्ञा गर्ने अघिकार दिएको छ ।
सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार मन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीको जोखिम बढेकाले सीडीओलाई निषेधाज्ञा गर्ने अधिकार रहेको बताएका हुन् ।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर सीडीओहरुले पनि निषेधाज्ञा गर्न सक्ने बुझिएको छ । देशभर एकैदिन १०१६ जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २०५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top