असोज १ गतेबाट लाइसेन्स वितरण, यस्तो छ यातायात कार्यालयको मापदण्ड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २६, शुक्रबार,११:४७:AM  
असोज १ गतेबाट लाइसेन्स वितरण, यस्तो छ यातायात कार्यालयको मापदण्ड

काठमाडौं । बाग्मती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले असोज १ गतेदेखि उपत्यकामा लाइसेन्स वितरण सुरु गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले झन्डै सात लाख लाइसेन्स छापिसके पनि वितरण हुन सकेको थिएन् । अब भने भीडभाड कम गर्ने संयन्त्रका साथ असोज १ देखि कोटा प्रणालीमा लाइसेन्स वितरण हने भएको हो । 

एकान्तकुना यातायात कार्यालयका एक अधिकारीका अनुसार, कोटा प्रणाली लागू गर्नको लागि ५० प्रतिशत तयारी पुरा भएको र बाँकी काम भइरहेको बताए । सेड्युल तयार गरी कसरी वितरण गर्ने भन्ने बिषयमा छलफल भइरहेको ती अधिकारीको भनाई छ ।

‘हामीले आइतबारबाट लाइसेन्स रिन्यु गर्ने भनेका छौं । लकडाउन भित्र परेको जरिवाना भदौं अन्तिमसम्म आएमा नलाग्ने भनेर यातायात विभागले पत्र पठाएको छ । अब लाइसेन्स वितरण पनि असोज १ गतेबाट आंशिक सुरु हुन्छ’ ती अधिकारीले भने ‘कार्यालयले छिट्टै सुचना निकाल्ने तयारी गरेको छ ।’  

सुरक्षा मापदण्ड अपनाउँदै जोर विजोरले सम्भव नहुने भन्दै यातायात कार्यालयले कोटा प्रणालीमा नै लाइसेन्स वितरण गर्ने भएको हो । एक पटकमा कति जनालाई लाइसेन्स दिने भन्ने बिषय केही दिनमै टुङ्गो लाग्ने कार्यालयको भनाई छ । तर, ट्रायल तथा लिखित परिक्षा दशैं अघि सम्भव नरहेको यातायात व्यवस्था विभागले जनाएको छ 

यातायात कार्यालयले ‘सेड्युल’ अनुसार नै सबै प्रक्रिया मिलाइ सक्ने भएकाले सेवाग्राही कुरेर बस्न नपर्ने कार्यालयको भर्ना छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top