निजीक्षेत्रका व्यापारीले कोशी अस्पताललाई दिए दिनमा १५ सय स्वाब परिक्षण गर्ने मेसिन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २६, शुक्रबार,०७:५६:PM  
निजीक्षेत्रका व्यापारीले कोशी अस्पताललाई दिए दिनमा १५ सय स्वाब परिक्षण गर्ने मेसिन

काठमाडौं । निजीक्षेत्रका व्यापारीहरुले कोशी अस्पतालाई आरएनए एक्स्ट्राक्सन मेसिन प्रदान गरेका छन् । निजी क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका विशेष सल्लाहकार सुनिल टिवडेवाल र नागरिक समाजका तर्फबाट अरुण न्यौपाने लगाय विभिन्न व्यक्तिहरुको सहयोगमा मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

शुक्रकार एक थान आएएनए एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो । त्यस्तै, महानगर प्रमुखले उक्त मेसिन कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराइ र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका छन् । 

समुदाय स्तरमा फैलिएको कोभिड–१९ को संक्रमणलाई मध्यजर गरी यसअघि पनि निजीक्षेत्र र नागरिक समाजका तर्फबाट साढे ३१ लाखको पीसीआर मेसिन अस्पताललाई हस्तान्तरण गरेको थियो ।

अहिले ३२ लाख रुपैयाँ बराबरको आरएन एक्स्ट्राक्सन मेसिन पनि अस्पताललाइ हस्तान्तरण गरिएको हो । उक्त मेसिन सञ्चालनमा आएपछि २४ घण्टामा १५ सय सम्म परिक्षण गर्न मिल्ने कम्पनीले जनाएको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top