स्यानिटाइजरमा विषाक्त रसायन मेथानोल त छैन ,यी हुन मिसाउने उद्योग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २७, शनिबार,०१:५५:PM  
स्यानिटाइजरमा विषाक्त रसायन मेथानोल त छैन ,यी हुन मिसाउने उद्योग

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै प्रयोग गरिने स्यानिटाइजरमा विषाक्त रसायन मेथानोल मिसाउने गरेको पाइएको छ । पछिल्लो समय धेरै प्रयोगमा आएको स्यानिटाइजरमा विषाक्त रसायन मेथानोल मिसाएर उत्पादन गरी बजारमा पठाएका पाँच उद्योगलाई औषधि व्यवस्था विभागले कार्वाही प्रक्रिया अगाडी बढाएको उल्लेख छ ।

कार्वाहीमा परेका उद्योगहरुमा काठमाडौंको हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् भने भक्तपुरको नेपाल कायाकल्प उद्योग छ ।

 यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।

 विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ । विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top