राष्ट्रिपति भण्डारीलाई भेटेर उद्योगीको भने – ‘कर तिर्ने समय एक महिना थपकाे व्यवस्था मिलाइदिनुस्’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २८, आइतबार ,०५:५९:PM  
राष्ट्रिपति भण्डारीलाई भेटेर उद्योगीको भने – ‘कर तिर्ने समय एक महिना थपकाे व्यवस्था मिलाइदिनुस्’

काठमाडौं । नेपाल उद्योग परिसंघले कर तिर्ने समय एक महिना थप्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन ।  शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर उद्योग प्रतिष्ठानले समयमै कर तिरेर सहयोग गरेको बताउँदै अहिलेको असहज परिस्थितिमा समयावधिभन्दा एक महिना बढीको समय थपको व्यवस्था गरिदिन आग्रह गरेका हुन । 

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षद्वय अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए ।
भेटमा उद्योगीले सुरक्षाको मापदण्ड अपनाएर उद्योग व्यवसाय संचालन गर्न तयार रहेको बताउँदै कुनै कर्मचारीलाई कोरोना संक्रमण भएमा तत्काल परीक्षण गरेर उद्योग संचालन गर्न पाउने व्यवस्था गरिदिन समेत आग्रह गरे।

‘यदि उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण देखिएका कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गराएर बाँकी कामदारबाट उद्योग संचालनको व्यवस्था मिलाउनु उपयुक्त हुन्छ,’ उनीहरुले भनेका थिए।

उनीहरुले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तब्य पूर्ण रूपमा संचालनमा ल्याएर नेपाल आउने पर्यटकलाई तीन दिन मात्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top