एलसी पटक पटक संशोधन हुँदा मल ल्याउन नसकेकाे शैलुङ इन्टरप्राइजेजकाे दाबी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २८, आइतबार ,०६:५४:PM  
एलसी पटक पटक संशोधन हुँदा मल ल्याउन नसकेकाे शैलुङ इन्टरप्राइजेजकाे दाबी

काठमाडौँ  । शैलुङ इन्टरप्राइजेज प्रालिले कोभिड–१९ को बढ्दो संक्रमण र प्रतीतपत्र(एलसी) धेरै पटक संशोधन हुँदा समयमै मल ल्याउन नसकेको स्पष्ट पारेको छ ।  कोभिडका कारण सामान लोड गर्न समस्या भएको र प्रतीतपत्र पटकपटक संशोधन गर्नुपर्दा ढिलाइ भएको शैलुङले विज्ञप्तीमार्फत जनाएको हो । 

‘कृषि सामग्री कम्पनी लिमिटेडले प्रतीतपत्रको ९० प्रतिशत रकम कोलकाता बन्दरगाहमा सामान आइसकेपछि भुक्तानी गर्ने र बाँकी १० प्रतिशत रकम सामान कृषि सामग्रीको गोदाममा पुर्‍याएपछि भुक्तानी गर्ने भनी प्रतीतपत्र खोलिएकामा पछि प्रतीतपत्रको सय प्रतिशत रकम नै सामान कृषि सामग्रीको गोदाममा पुर्‍याएपछि मात्र भुक्तानी गर्ने भन्ने प्रावधान थप गरिएको छ,’ शैलुङ इन्टरप्राइजेजद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतीतपत्र पनि सोबमोजिम नै पटकपटक संशोधन गरिरहनुपर्दा ढिलाइ भयो ।’

सुरुमा रसियन सप्लायर्स र उत्पादनकर्ताका नाममा प्रतीतपत्र खोलिएको थियो । कोभिड–१९ का कारण रसियाको पोर्ट तथा अन्य संस्था बन्द भई सामान लोड हुन ननसक्दा ढिलाई भएको शैलुङले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top