नयाँ नेपाल र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकिकृत कारोबार  गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०८:१८:AM  
नयाँ नेपाल र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकिकृत कारोबार  गर्ने

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ५ गते सोमबारदेखि एकिकृत वित्तीय कारोबार शुरु गर्ने भएका छन्।

एक आपसमा गाभिएपछि सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो । १ बराबर १ अनुपातमा मर्जमा जाने प्रस्ताव विशेष साधारणसभबाट पारित गरेका थिए।

सारथी लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छैन । उसको कार्यक्षेत्र राष्ट्रियस्तरको हो  । नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत संस्था हो।

मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने छ।  नयाँ नेपालको चुक्तापूँजी १० करोड ८ लाख रुपैयाँ र सारथीको चुक्तापूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ छ। मर्जपश्चात लघुवित्तको चुक्तापूँजी २३ करोड ५८ लाख रुपैयाँ पुग्ने छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top