शैलुङ र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०५:२७:PM  
शैलुङ र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार 

काठमाडौं । समयमै रासायनिक मल खरिद नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले पत्राचार गरेको छ । 

कम्पनीले अन्र्तराष्ट्रिय बोलपत्रका माध्यमबाट युरिया मल खरिद गर्न नसकेको भन्दै कालोसूचीमा राखी कारबाही गर्न आवश्यक काजगात सहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको हो ।

२५००÷२५०० मेट्रिक टन मल खरिद सम्झौता भएकोमा दुवै सप्लायर्सले सम्झौता बमोजिम खरिद नगरेको भन्दै सार्वजनि खरिद ऐन बमोजिम कारबाही गर्न भनिएको कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शैलुङ इन्टरप्राइजेजले ८० हजार टन मल खरिदको ठेक्का पाएको थियो । होनिकोले भने २५ हजार टन युरिया मल ल्याउने ठेक्का पाएको थियो । दुवै कम्पनीले मल नल्याएपछि देशभर मलको हाहाकार नै भयो ।

यसअघि कृषि सामग्री कम्पनी दुवै सप्लायर्सको सम्झौता रद्ध गर्दै धरौटी जफत गर्ने निर्णय समेत गरेको थियो ।No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top