प्रधानमन्त्रीले प्रश्न गरेपछि कुलमानको पुनः नियुक्ति रोकियो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,०९:३०:PM  
प्रधानमन्त्रीले प्रश्न गरेपछि कुलमानको पुनः नियुक्ति रोकियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्तावमा प्रश्न उठाएका छन ।

प्रधानमन्त्री ओलीले कानूनी प्रश्न उठाएपछि कुलमानलाई विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव रोकिएको हो । आजको मन्त्रिपरिषद्को बैठकमा रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्ताव पेश भएन ।

मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमानलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले सुरुमै कानूनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएका थिए ।

प्रधानमन्त्रीले थप छलफल आवश्यक भएको बताएपछि कुलमानको पुनः नियुक्तिको विषयम बैठकको मुल एजेण्डामै प्रवेश भएन । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top