४० अर्ब डलरमा सफ्टबैंक ग्रुपको चिप कम्पनी आर्म किन्दै एनभिडिया

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०५:५८:AM  
४० अर्ब डलरमा सफ्टबैंक ग्रुपको चिप कम्पनी आर्म किन्दै एनभिडिया

टोकियो (जापान) । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जापानी बहुराष्ट्रिय लगानी बैंक सफ्टबैंक ग्रुपको स्वामित्वमा रहेको बेलायती चिप डिजाइन कम्पनी आर्म किन्ने भएको छ । 

यो सम्झौतापछि बन्ने कम्पनी विश्वकै ठूलो चिप निर्माता हुनेछ । सम्झौता पारित भयो भने यो यस वर्षको सबैभन्दा ठूलो अधिग्रहण हुनेछ । सम्झौताले आर्मको मूल्याकंन ४० अर्ब डलर गरेको छ । सम्झौतालाई बेलायत, चीन, अमेरिका र यूरोपका नियामकहरुले समेत अनुमति दिनु पर्नेछ । 

सम्झौता सन् २०२२ को मार्चतिर सम्पन्न हनुे अपेक्षा गरिएको छ । यो खबर सार्वजनिक भएपछि सोमवार बिहानी कारोबारमा टोकियोमा सफ्टबैंकको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको थियो । सन् १९९० मा बेलायतमा स्थापित भएको आर्मले माइक्रोप्रोसेसर बनाउँछ । 

यसको चिप सेन्सर, स्मार्ट डिभाइस र क्लाउड सर्भिसमा समेत प्रयोग गरिन्छ । एनभिडियाले भने ग्राफिक्स कार्ड बनाउने गरेको छ । सफ्टबैंकले सन् २०१६ मा ३२३ अर्ब डलर तिरेर आर्म किनेको थियो । एजेन्सी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top