आन्तरिक उडान र होटल असोज १ गतेबाट खुल्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०६:१७:PM  
आन्तरिक उडान र होटल असोज १ गतेबाट खुल्ने

काठमाडौं । सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार भएको मन्त्रिपरिषदले १ गतेबाट आन्तरिक उडान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । 

उडान सञ्चालन गर्न एक साइडमा मात्र यात्रुहरु राख्न पाइने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका लागि आवश्यक तयारी पुरा भइसकेको जानकारी दिए । यस अघि असोज ५ गतेबाट आन्तरिक उडान खुलाउने भन्ने निर्णय भएको सार्वजनिक भएपछि प्राधिकरणले मंगलबार एयरलाइन्सका प्रतिनिधिहरुलाई बोलाएर तालिका बनाउन छलफल गरेका थिए । तर,साझ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले १ गतेबाटै उडान गर्ने जानकारी दिएपछि त्यसको लागि पनि आफुहरु तयार रहेको बताए ।

योसँगै कात्तिक १ गतेबाट हिमालय आरोहणका लागि खुला गरेको छ । आरोहणमा जादा पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाएको छ । होटल र ट्राभल एजेन्सीहरु पनि असोज १ गतेबाटै खुल्ने भएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top