सञ्चय कोषले सेयर बजारमा गर्यो २१ अर्ब १४ करोड लगानी, सबैभन्दा बढी बैंकमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०८:१३:PM  
सञ्चय कोषले सेयर बजारमा गर्यो २१ अर्ब १४ करोड लगानी, सबैभन्दा बढी बैंकमा

काठमाडौं । कर्मचारी सञ्चय कोषले अर्बौ रुपैयाँ विभिन्न बैक तथा वित्तीय संस्थामा सेयर लगानी गरेको छ । सञ्चय कोषले हालसम्म २१ अर्ब १४ करोड ४१ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको हो ।

सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बचतका रुपमा राखेको छ । यो कुल लगानीको २८ प्रतिशत हो । 

आर्थिक वर्ष २०७५०/७६ मा कोषले ७८ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ राखेको थियो । कोषले सञ्चयकर्ताहरुलाई १ खर्ब ९१ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

अघिल्लो वर्ष १ खर्ब ८० अर्ब  ५७ करोड ९२ लाख रुपैयाँ कर्जा सापटी दिएको थियो । सञ्चयकर्ताको ३ खर्ब ५० अर्ब ५९ करोड २४ लाख रुपैयाँ जम्मा गरेर राखेको छ ।

गत वर्ष सञ्चय कोषले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड रुपैयाँ खुदनाफा गरेको थियो । कोरोना महामारीका कारण सञ्चय कोषको नाफा ७७ करोड रुपैयाँ घटेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top