प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,०९:३०:PM  
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

काठमाडौं । निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । 

भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८ औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । 

भदौ २६ गते सम्पन्न कम्पनीको १८ औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । 

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top