प्याजको कालोबजारी गर्ने बल्खुका तरकारी व्यापारी कारबाहीमा, ४८ रुपैयाँमा किनेर १२० रुपैयाँसम्म बेचेको पुष्टि

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०९:०१:AM  
प्याजको कालोबजारी गर्ने बल्खुका तरकारी व्यापारी कारबाहीमा, ४८ रुपैयाँमा किनेर १२० रुपैयाँसम्म बेचेको पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाको कृषि विभाग समितिले कालीमाटी तथा बल्खु क्षेत्रका तरकारी बजारमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बल्खुका एक व्यापारीले ४८ रुपैयाँमा प्याज खरिद गरेर उपभोक्तालाई किलोको १२० रुपैयाँसम्ममा बेचेको भेटेपछि कारबाहीमा परेका छन् ।

बल्खुमा तरकारी व्यापार गर्दै आएको सुनिल केसीले प्याजमा कालोबजारी गरेको अनुगमनका क्रममा भेटिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए ।

‘ती व्यापारीले बढी मूल्य लिएर कालोबजारी गर्ने मनसाय प्याज बिक्री गरेको पाइयो । ४८ रुपैयाँ खरिद गरेको प्याज प्रतिकेजी १२० रुपैयाँसम्म उपभोक्तालाई बेचेका रहेछन्’ उनले क्यापिटल नेपालसँग भने   ।

एसके सप्लायर्स र सुली सगरमाथा सप्लायसका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त बल्खुमा जिम्मा लगाइएको छ । उनको व्यापार रोक्का समेत गरेको उनले बताए । 

ती व्यापारीले प्याज छैन भनि लुकीछिपी बेच्ने गरेका थिए । उनको पसलबाट लुकाइ राखिएको २४० बोरा प्याज नियन्त्रणमा लिइएको छ । काठमाडौं महानगर, वाणिज्य विभाग र उपभोक्ताकर्मीको समन्वयनमा अनुगमन भएको थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top