उत्सर्जन घोटालामा क्षतिपूर्तिबापत अमेरिकालाई डेढ अर्ब डलर तिर्दै डेम्लर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,१२:१०:PM  
उत्सर्जन घोटालामा क्षतिपूर्तिबापत अमेरिकालाई डेढ अर्ब डलर तिर्दै डेम्लर

वाशिङ्टन डीसी (अमेरिका) । जर्मन बहुराष्ट्रिय अटो निर्माता कम्पनी डेम्लरले अमेरिकामा डेढ अर्ब डलर तिर्ने भएको छ । डिजेलबाट चल्ने सवारी साधनमा कम उत्सर्जन देखाउने सफ्टवेयर जडानसम्बन्धी घोटालामा अमेरिकी सरकारले गरेको क्षतिपूर्ति दाबी सल्ट्याउन कम्पनीले सो रकम तिर्ने सहमति गरेको हो । 

२ लाख ५० हजार थान मर्सिडिज ब्रान्डका कार र भ्यानमा कम उत्सर्जन देखाउने सफ्टवेयर जडान गरेर उत्सर्जन कानूनको उल्लंघन गरेको आरोपमा कम्पनीमाथि छानबिन भएको थियो । 

कम्पनीले आरोपको खण्डन गरेको भएपनि सम्झौतालाई भने उत्सर्जनकाण्डमा महत्वपूर्ण चरण रुपमा औंल्याएको छ । यो सहमति भएसँगै कानूनी र वित्तीय जोखिमसमेत लामो अदालती प्रक्रिया टार्न समेत कम्पनी सफल भएको छ । 

सवारीधनीहरुले सामूहिक रुपमा हालेको मुद्दा सल्ट्याउन कम्पनीले अतिरिक्त ७० करोड डलर तिर्न पनि सहमति गरेको छ । डेढ अर्ब डलरमा ८७ करोड ५० लाख डलर भने जरिवाना रहेको छ । 

यो जरिवाना स्वच्छ वायु ऐन अन्तर्गत अमेरिकाले तिराएको दोस्रो ठूलो असैनिक जरिवाना हो । कम्पनीले सन् २००९ देखि सन् २०१६ को बिचमा विक्री गरिएका प्रभावित कार

कारमालिकसँग शुल्कै नलिइ बनाइदिने सहमति समेत गरेको छ । यसका लागि अतिरिक्त ४० करोड डलर खर्च लाग्ने अनुमान गरिएको छ । एजेन्सी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top