स्वास्थ्य बीमा बोर्डको सदस्यमा तिवारी र थापा मनोनित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०२:४३:PM  
स्वास्थ्य बीमा बोर्डको सदस्यमा तिवारी र थापा मनोनित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापालाई ४ वर्षका लागि मनोनित गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  रिक्त सदस्य पदमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेको हो ।   

उनिहरुलाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।  बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, स्वास्थ्य मन्त्रालयको सहसचिव पदेन सदस्य हुने प्रावधान छ। 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top