आधा यात्रु मात्र राख्न परे जहाज सञ्चालन नगर्ने वायुसेवा सञ्चालकको निर्णय 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०३:४९:PM  
आधा यात्रु मात्र राख्न परे जहाज सञ्चालन नगर्ने वायुसेवा सञ्चालकको निर्णय 

काठमाडौं । वायुसेवा सञ्चालकहरुले आधा मात्र यात्रु राखेर जहाज सञ्चालन नगर्ने निर्णय गरेका छन ।

सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुलाउने र आधामा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघले बिहीबार (भोली) देखि जहाज सञ्चालन नगर्ने निर्णय गरेका हुन ।  

१ गतेबाट जहाज सञ्चालन गर्ने निर्णयबाट उत्साहित बनेका व्यवसायीहरु जहाजमा आधा मात्र यात्रु राख्नु पर्ने प्राबधान राखेपछि सरकार सँग आक्रोशित भएका हुन् । ६ महिनापछि खुल्न लागेको उडानमा पनि सरकारले अनेक अड्चन राखेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।

बुधबार संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा आन्तरिक तयारी नपुगेको भन्दै ५ गतेबाट उडान गर्ने सहमति जनाएका थिए । तर, व्यवसायीहरुले भाडा पनि बढाउन नपाउने र आधा सिट क्षमतामा जहाज सञ्चालन गर्न नसक्ने अडान राखेका थिए ।

मन्त्रालयको बैंठक सकेर वायुसेवा सञ्चालक समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले आधा भाडा आधा सिट क्षमतामा जहाज सञ्चालन गर्न नसक्ने निर्णय गरेको एक व्यवसायीले जानकारी दिए । सरकारको निर्णय नसच्याएसम्म उडान नगर्ने निर्णय भएको छ,उनले भने ।

आफुहरु स्वास्थ्य प्रोटोकल अनुसार उडान गर्न तयार रहदा रहदैपनि सरकारले अड्को थापेको व्यवसायीको आरोप छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top